मिति २०८१ साल आश्विन महिनादेखि यस कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहनुभएका श्री भुवन चापागाईज्यू सरुवा भई जान लाग्नुभएको अवसरमा, आज मिति २०८२/०९/०७ गते यस कार्यालयद्वारा विदाइ तथा फेरि भेटौँला कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
यस कार्यालयमा रहँदा उहाँले पुर्याउनुभएको महत्वपूर्ण योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै, उहाँको आगामी कार्यकाल तथा व्यक्तिगत जीवन अझ सफल, सबल र उज्ज्वल रहोस् भन्ने हार्दिक कामना व्यक्त गर्दछौँ।
विगत लामो समय देखि यस कार्यालय सहायक पाचौँ एवम् वडा नं ४ तथा पछिल्लो समय वडा नं ३ को वडा सचिवको रुपमा कार्यरत श्री कमल खनाल आज मिति २०८१ असोज २ गते गल्याङ नगरपालिका, स्याङ्जामा घरपायक सरुवा हुनुभएको अवसरमा फेरि भैटौला कार्यक्रम सम्पन्न भएको छ। आजको दिनसम्म यस पालिकालाई पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै कार्यसफलताको कामना गर्दछौ।
आज मिति २०८१।०५।१६ गते गण्डकी गाउँपालिका-०२ स्थित पशुपति प्रजा प्रावि आपटारमा वडा नं २ को सेवा कार्यलय उद्घाटन गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकिय अधिकृतज्यू तथा वडा नं २ का अध्यक्षज्यू, वडा नं २ का जनप्रतिनिधीज्यूहरुको समुपस्थितिमा सम्पन्न भयो । अब उप्रान्त वडा नं २ को सेवाहरु हरेक महिनाको ५ गते, १५ गते तथा २५ गते यस पशुपति प्रजा प्रा.वि.बाट प्रवाह हुनेछन् । कार्यक्रममा गाउँपालिका अध्यक्षज्यू तथा उपाध्यक्षज्यूहरुले वडा नं २ लाई यस सेवा केन्द्रको प्रयासका लागी वडा नं २ लाई धन्यवाद तथा बधाई ज्ञापन गर्नुहुदै जनतालाई यस कार्यले घरदैलोमा सेवा भन्ने भावनालाई आत्मसाथ गरेको ब
२०७९ जेठ देखि यस कार्यालयमा नायव पशु सेवा प्राविधिकको रुपमा कार्यरत श्री नविन प्रसाद उपाध्याय प्रदेश लोक सेवा आयोग, गण्डकी मार्फत पशु सेवा प्राविधिक, पाचौँ तहमा बेसिशहर नगरपालिका, लमजुङमा सिफारिस हुनुभएको अवसरमा आज मिति २०८१ भदौ १३ गते फेरि भैटौला कार्यक्रम सम्पन्न भएको छ। आजको दिनसम्म यस पालिकालाई पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै कार्यसफलताको कामना गर्दछौ।