योजना सम्झौता ।
आज मिति २०८०/०९/११ गते यस गण्डकी गाउँपालिका वडा नं ७ घ्याल्चोक, ज्यामिरेघाटमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू संग गण्डकी गाउँपालिकाका जनप्रतिनिधीहरु को साक्षत्कार कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री दिपक तिमिल्सिना ज्यूले गण्डकी गाउँपालिका भित्र यथासम्भब कार्यान्वयन हुनु पर्ने योजना एवं विभिन्न समस्याको बारेमा जानकारी तथा ध्यानाकर्षण गर्न अनुरोध पत्र समेत सम्माननिय प्रधानमन्त्री ज्यूलाई हस्तान्तरण गर्नु भयो । कार्यक्रममा बोल्दै सम्माननिय ज्यूले गाउँपालिकाको बिकास तथा समस्या समाधानका बिषयमा यथाशीघ्र सम्बन्धित निकायमा पहलकदमी गर्ने बताउनु भयो ।