FAQs Complain Problems

गण्डकी गाउँपालिकाको परिचय

साविकको फुजेल,दर्बुंङ,भुम्लिचोक,घ्याल्चोक,तान्ग्लिचोक र मकैसिङ गरि ६ वटा गाउॅ  विकास समितिलाई मिलाई पूर्वमा धादिंङ जिल्ला तथा पश्चिममा चितवन जिल्ला उतरमा सहिद लखन गाउँपालिका  रहेको ‌‌यो गाउँपालिका  प्राकृतिक ‌‌रुपमा ‌‌विविधता पूर्ण रहेको छ | साविकको मकैसिङ गाविसलाई हालको वडा नं.१,साविकको ताङलिचोक गाविसलाई हालको वडा नं.२, साविकको फुजेल गाविसलाई हालको वडा नं.३ र ४,साविकको दर्बुंङ गाविसलाई हालको वडा नं.५,साविकको भुम्लिचोक गाविसलाई हालको वडा नं.६ र साविकको घ्याल्चोक गाविसलाई हालको वडा नं. ७ र ८ मा समायोजन गरी यस गाउँपालिकाको निर्माण गरिएको हाे ।यस गाउँपालिकाको जम्मा क्षेत्रफल १२३.८६ वर्ग किलोमिटर रहेको छ । यस  गाउँपालिका भित्र विभिन्न  जातजाती हरुको बसोबास रहेको छ जसमा प्रमुख जातजाती हरु ब्राहमण,नेवार ,मगर, गुरुङ,चेपाङ,छेत्री,सार्की आदिको मिश्रित बसोबास रहेको छ ।

भौगोलिक अवस्थिति:

पुर्व र दक्षिणमाः  धादिङ जिल्ला 

पश्चिममाः  चितवन जिल्ला

उत्तरमाः  शहिद लखन गा.पा गोरखा जिल्ला

हावापानीः  अर्धौष्ण,समसितोष्ण र सितोष्ण

अधिकतम तापक्रमः  ३० डिग्री सेन्टिग्रेड भन्दा माथि

न्युनतम तापक्रमः  १० डिग्री सेन्टिग्रेड भन्दा तल 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.