योजना सम्झौता ।
भुम्लिचोक - जनसंख्या विवरण
साविकको गा. वि. स. भुम्लिचोक हाल गण्डकी गाउँपालिका वडा नं. ६ मा स्थित छ। प्राकृतिक स्रोत र जैविक विविधतामा समृद्ध, यस वडा सामाजिक र सांस्कृतिक दृष्टिले पनि समृद्ध छ। सामुद्रिक सतहबाट २८७ मिटर (फिस्लिंग त्रिशुली नदिको किनार) देखि १६५२ मिटर (भैराबी टार) को उचाइमा रहेको यो गाउँको अक्षांश २७.८५ डिग्री र देशान्तर ८४.६८ डिग्री रहेको छ। यस वडाको पूर्वमा घ्याल्चोक, पश्चिममा तांगलिचोक, उत्तरमा दर्बुंङ र दक्षिणमा त्रिशुली नदि पर्दछन्। यस वडाको कुल क्षेत्रफल २१.५४ वर्ग कि.मि. रहेको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडाको जनसंख्या र घरधुरीको विवरण निम्नानुसार रहेको छ:
- जम्मा घरधुरी: ६८५
- कुल जनसंख्या: ३५७३
- महिलाहरूको संख्या: १८२५
- पुरुषहरूको संख्या: १७४८
गण्डकी गाउँपालिकाको केन्द्र यसै वडामा पर्दछ। यस वडामा पशु सेवा केन्द्र, कृषि सेवा केन्द्र र अन्य विभिन्न सेवा केन्द्रहरू पनि रहेका छन्। यहाँ गुरुङ, मगर, नेवार, चेपाङ, दमाई, कामी लगायतका जातजातिहरूको बसोबास रहेको छ।
इमेल: gandakirm6@gmail.com