योजना सम्झौता ।
गण्डकी गाउँपालिका गोरखा जिल्लाको साविक गा.वि.स.हरू फुजेल, दर्बुंङ, भुम्लिचोक, घ्याल्चोक, ताङलिचोक, र मकैसिङ गाविसलाई समायोजन गरी गठन गरिएको हो। साविकको मकैसिङ गाविसलाई हालको वडा नं. १, साविकको ताङलिचोक गाविसलाई हालको वडा नं. २, साविकको फुजेल गाविसलाई हालको वडा नं. ३ र ४, साविकको दर्बुंङ गाविसलाई हालको वडा नं. ५, साविकको भुम्लिचोक गाविसलाई हालको वडा नं. ६, र साविकको घ्याल्चोक गाविसलाई हालको वडा नं. ७ र ८ मा समायोजन गरी यस गाउँपालिका निर्माण गरिएको छ।