FAQs Complain Problems

वडा न ६ ,भुम्लिचोक

साविकको गा वि स भुम्लिचोक  हाल गण्डकी गाउँपालिका वडा न ६  रहेको छ  । प्राकृतिक श्रोतले भरिपुर्ण जैविक  बिबिधताले भरिएको यस वडा सामाजिक तथा संस्कृतिक बिबिधताले भरिपुर्ण छ | सामुद्रिक सतहबाट २८७ मि (फिस्लिंग त्रिशुली नदिको किनार ) देखि १६५२ मि (भैराबी टार) रहेको गाउँ को अक्षाश २७.८५ डिग्री र देशान्तर ८४.६८ डिग्री रहेको छ | यस वडाको पूर्वमा घ्याल्चोक ,पश्चिममा तांगलिचोक ,उत्तरमा दर्बुंग र दक्षिणमा त्रिशुली नदि पर्दछ |यस  वडा को जम्मा क्षेत्रफल २१ .५४  वर्ग कि मि रहेको छ। राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडाको जानसंख्या र घरधुरी को विवरण निमनानुसर रहेको छ। जम्मा घरधुरी ६८५  र जम्मा जनसंख्या ३५४५  रहेको छ। गण्डकी गाउँपालिका को केन्द्र यसै वडामा पर्दछ। यस वडामा पशु सेवा केन्द्र ,कृषि सेवा केन्द्र ,लगायत अन्य  सेवा केन्द्रहरु रहेका छन्। यस वडामा  गुरुङ ,मगर ,नेवार ,चेपांग ,दमाई ,कामी आदि जातजातिहरुको बसोवास रहेको छ |

इमेल : gandakirm6@gmail.com

 

 

Population: 
3545
Ward Contact Number: 
9856010076 (वडा अध्यक्ष )