FAQs Complain Problems

गण्डकी गाँउपालिका कार्यविवरण

१‍ कर्मचारी प्रशासन शाखा:

  • कर्मचारीहरुको स्थाई, अस्थाई, करार रिक्त पदहरुको पदपूर्ति सम्बन्धी कार्यहरू ।
  • नयाँ नियुक्ती र बढुवा भई आएका कर्मचारीहरुको पदस्थापन सम्बन्धी कार्यहरू ।
  • कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धी कार्यहरू ।
  • कार्यरत कर्मचारीहरुको हाजिरि अभिलेख, घर विदा, अध्ययन विदा, असाधारण विदा, अनिवार्य अवकाश तथा स्वेच्छीक राजीनामा तथा कारवाही सम्बन्धी कार्यहरू ।
  • कार्यालयको कर्मचारी समूहको दरबन्दीको लगत तथा सो दरबन्दीमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत अभिलेख अद्यावधीक गर्ने कार्यहरू,
  • कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी कार्यहरू,
  • कार्यरत कर्मचारीहरुलाई विभिन्न पुरस्कार तथा पदकका लागी सिफारीश सम्बन्धि कार्यहरू,
  • निजामति सेवा ऐन तथा नियमावलीअनुसार स्वीकृत दिने सम्बन्धी कार्यहरू,
  • संगठन व्यवस्थापन सर्वेक्षण समितिको बैठक आयोजना गर्ने, संगठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गर्ने, स्वीकृत भएपछि कार्यान्वयनका लागी सम्वन्धित निकायमा लेखी पठाउने ।  
  • गाउँपालिकामा बन्ने एन, कानुन, नियमावली, कार्यविधि, गण्डकी गाउँपालिका राजपत्र प्रकाशन सम्बन्धि कार्यहरु ।
  • कर्मचारीहरुको अभिलेख व्यवस्थापन ।
  • प्रचलित कानून बमोजिम सम्पादन गर्नु पर्ने कार्यहरु

 

२ आर्थिक प्रशासन शाखा:

  • गण्डकी गाउँपालिका र अन्तर्गतको आर्थिक प्रशासनको सञ्चालन गर्ने ।
  • कारोबारकाो लेखा राख्ने र सो को अभिलेखको व्यवस्थापन गर्ने । 
  • सबै प्रकारका कारोवारको निर्धारित ढाँचामा मासिक तथा बार्षिक आर्थिक विवरण तयार गर्ने । 
  • सम्बन्धित निकायमा आवधिक नियमित तथा पटके प्रतिवेदन गर्ने । 
  • आन्तरिक तथा अन्तिम लेखापरिक्षण गराउने । 
  • गण्डकी गाउँपालिका र अन्तर्गत कार्यालयहरुको बजेट तयार गर्ने गराउने, छलफल गर्ने । 
  • अन्तर्गतका कार्यालयहरुको बजेट बाँडफाँड तथा खर्च गर्ने अख्तियारी तयार गर्ने । 
  • आवश्यक अनुसार थप बजेट र निकासा प्राप्त गरी बाडफाँड गर्ने । 
  • बेरुजुको लगत राख्ने, संपरिक्षण, फर्छयौट र प्रतिवेदन गर्ने । 
  • गण्डकी गाउँपालिकाको सञ्चालन सँग सम्ब्नधित अन्य आवश्यक आर्थिक कार्यहरु गर्ने ।

 

३ सूचना तथा प्रविधि शाखा:

  • गण्डकी गाउँपालिकाको कार्यलयको सूचना प्रविधि नितिको कार्यान्वयन गर्ने ।
  • विकास भइसकेको प्रणालिहरुको सुधार तथा परिमार्जन सम्बन्धी कार्य गर्ने ।
  • नेटवर्किङ इन्टरनेट वाइफाइको कनेक्टिभिटि सिसिटिभि आदिको व्यवस्थापन गर्ने ।
  • वेभसाइट तथा इमेल व्यवस्थापन गर्ने ।
  • सन्चालित विभिन्न प्रणालि सन्चालनमा आइपर्ने समस्याहरुको समाधान गर्ने ।
  • सूचना प्रविधि सम्बन्धी हार्डवेयर तथा सफ्टवयेर सपोर्ट गर्ने ।
  • सूचना प्रविधि संग सम्बन्धीत तालिम संचालन गर्ने ।
  • सूचना प्रविधि अपकरण तथा प्रणालिमा मर्मत सम्भार सम्बन्धी कार्य गर्ने ।
  • सूचना प्रविधि सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।

 

४ योजना तथा अनुगमन शाखा:

  • स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयन, अनुगमन, अभिलेखिकरण तथा प्रतिवेदन (योजना व्यवस्थापन सफ्टवेयर संचालन) सम्बन्धी कार्यहरु ।
  • गाउँपालिकाको चौमासिक, वार्षिक एवम् आवश्यकता अनुरुपको प्रगति प्रतिवेन सम्बन्धी कार्य ।
  • विभिन्न संघ सस्थाहरुको साझेदारी हुने योजना तथा कार्यक्रमहरुको कार्यान्वयन, अनुगमन, अभिलेखिकरण तथा प्रतिवेदन सम्बन्धी कार्यहरु ।
  • आगामि आ व को वार्षिक बजेट तथा कार्यक्रमको निमार्ण तयारी सम्बन्धी कार्यहरु ।
  • वार्षिक स्वीकृत कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनको लागि उपभोक्ता समिति तथा वडा कार्यालयहरु संग समन्वय तथा सहजिकरण सम्बन्धी विभिन्न कार्यहरु ।
  • गाउँपालिकाको दीर्घकालिन, आवधिक र वार्षिक योजना तर्जुमा तथा सोको कार्यान्वयन सम्बन्धी कार्यहरु ।
  • उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यहरु साथै अध्यक्षज्यू / प्रमुख प्रशासकीय अधिकृतज्यूको निर्देशन तथा समन्वय अनुसारका विभिन्न कार्यहरु ।

 

​५ पूर्वधार विकास तथा वातावरण व्यवस्थापन शाखा :

      १ सडक तथा अन्य पूर्वधार विकास :

  • सडक मापदण्ड निर्धारण तथा मापदण्डको कार्यान्वयन ।
  • सडक योजनाको लागत अनुमान तयार तथा कार्यसम्पादनको आधारमा प्रतिवेदन तयार 
  • कजवे, नाली, पुल, सिन्चाई, खानेपानी, पार्क लगायत पूर्वाधार निर्माण सम्बन्धी कार्य गर्ने ।
  • ग्रामिण तथा कृषि सडक र सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा कार्यान्वयन अनुगमन र नियमन कार्य गर्ने ।
  • ग्रामिण तथा कृषि सडक झोलुङ्गे पुल, पलेसा, सिँचाई र तटबन्धन सम्बन्धी गरुयोजनाको तर्जुमा कार्यान्वयन मर्मत सम्भार र नियमन कार्य गर्ने ।
  • सिँचाइ प्रणालिको निर्माण सन्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्ति अनुगमन र  नियमन कार्य गर्ने । 

      २ भवन तथा बस्ति विकास :

  • जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रशन नामसारी तथा दाखिला खारेज गर्ने  ।
  • जग्गा धनी दर्ता प्रमाणपुर्जा  वितरण तथा लगत व्यवस्थापन गर्ने ।
  • भूमिको वर्गिकरण अनुसारको लगत गर्ने ।
  • सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजिकरण ।
  • नापि नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा सम्नवय र सहजिकरण ।
  • जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य ।

      ३ वातावरण सरसफाई तथा विपद् व्यवस्थापन :

  • विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणालि, खोज तथा उद्धार, राअत सामाग्रीको पूर्व भण्डारण वितरण र सम्नवय ।
  • तटबन्ध, नदि र पहिरोको नियन्त्रण तथा नदिको व्यवस्थापन  गर्ने ।
  • विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तीहरुको पहिचान  गर्ने ।
  • विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश स्थानिय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग समन्वय र सहकार्य गर्ने ।
  • विपद् व्यवस्थापन कोषको स्थापना तथा सन्चालन र स्राेत साधनको परिचालन गर्ने । 

 

६ राजश्व शाखा:

  • अनलाइन तथा राजश्व सफ्टवेयर माध्यमबाट राजश्व संकलन गर्ने ।
  • सबै वडा कार्यालयमा अनलाइन तथा राजश्व सफ्टवेयर चलाउन Any Desk तथा प्रत्यक्ष भेटेर राजश्व संकलन गर्ने । 
  • वडा बाट उठाएको राजश्व सिधै बैकमा दाखिला गर्ने ।
  • नदि जन्य पदार्थको निकासी गर्न ठेक्का लागु हुनु भन्दा अगाढी गाउँपालिकाबाट कर्मचारी खटाई राजश्व संकलन गर्ने ।
  • दहत्तर बहत्तर ठेक्का सम्बन्धी काम गर्ने ।
  • अबैध रुपमा नदि जन्य पदार्थको निकासी पैठारी तथा उत्खनन् गर्ने कार्य कम गर्ने त्यस्ता कार्य गर्नेलाई राजश्व तिर्न लागउने ।
  • गाउँपालिकामा रहेको ब्याकहोलोडर बाट योजना तथा व्यक्तिगत प्रयोजनमा उठाउने सबै रकम सडक मर्मत संभार कोषमा जम्मा गर्ने ।

 

७ स्वास्थ्य शाखा :

  • स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन ।
  • औषधी तथा अन्य मेडिकल उत्पादनहरुको न्यूनतम मूल्य निर्धारण गर्ने ।
  • औषधी र स्वास्थ्य उपकरणको खरिद भण्डारण र वितरण गर्ने ।
  • स्वास्थ्य सूचना प्रणालिको व्यवस्थापन गर्ने ।
  • जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन गर्ने ।
  • सुर्ति मदिरा र लागु पदार्थजन्य बस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिबृद्धि गर्ने ।
  • जनस्वास्थ आपतकालिन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यन्वयन गर्ने ।
  • रोगको नियन्त्रण तथा रोकथाम गर्ने । 

 

८ शिक्षा शाखा:

  • विद्यालयले स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु गरेनगरेकाे सम्बन्धमा निरीक्षण गर्ने गराउने ।
  • सामुदायिक विद्यालका शिक्षक तथा कर्मचारीहरुको तलव प्रतिवेदन पारित गराउने ।
  • विद्यालय व्यवस्थापन समितिर शिक्षक अभिभावक संघ गठन गर्ने गराउने ।
  • कार्यपालिकाबाट स्वीकृत मापदण्डको आधारमा शिक्षकको सरुवा तयारी गर्ने ।
  • विद्यालय व्यवस्थापन समितिको सिफारिसमा समितिमा शिक्षकलाई विद्यालय समय बाहेक वा विद्यालको नियमित पठन पाठनमा असर नगर्ने गरी अतिरिक्त समयमा अन्यन्त्र कार्य गर्नु पुर्व स्वीकृत प्रदान गर्ने ।
  • शिक्षकको गुणस्तर बढाउनको लागि शिक्षक प्रधानध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारीहरुको समय समयमा बैठक गोष्टी वा तालिमको संचालन गर्ने ।
  • आधारभुत तहको अन्त्यमा लिइने परीक्षा सन्चालन गर्न परीक्षा सन्चालन समितिको सदस्य सचिव भई कार्य गर्ने ।
  • नियुक्ति वा बढुवाको लागि आयाेगबाट सिफारिस भई आएका शिक्षक वा कर्मचारीलाई विद्यालयमा नियुक्ति गर्ने ।
  • सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीकाे सेवा विवरण तथा अन्य अभिलेख अद्यावधिक गर्ने गराउने । 
  • शिक्षक वा कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन गरी त्यसको विवरण आयोगमा पठाउने । 
  • विद्यार्थि सख्या घटन गई फिजिलमा परेका सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षकलाई अर्के सामुदायिक विद्यालयमा मिलान गर्ने शिक्षा समितिमा सिफारिस गर्ने । 
  • खेलकुदको स‌रचनाको पूर्वधार निर्माण सन्चालन तथा विकास गर्ने ।
  • खेलकुद विकास गर्ने ।
  • खेलकुद प्रशासन तथा संङ्घ संस्थाको नियमन र समन्वय गर्ने ।

 

९ महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा :

  • जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक परिचयपत्र वितरण सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण गर्ने ।
  • जेष्ठ नागररिक क्लव दिवा सेवा केन्द्र भेटघाट स्थल आश्रय केन्द्रको सन्चालन तथा व्यवस्थापन गर्ने ।
  • सङ्घ तथा प्रदेशसँग समन्वयमा अपाङ्गता पुनस्थापना केन्द्र जेष्ठ नागरिक केन्द्र तथा अशक्त स्वाहार केन्द्राको सन्चालन र व्यवस्थापन गर्ने ।
  • सडक बालबालिका अनाथ असहाय अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरुको पुनस्थापना केन्द्रको सन्चालन व्यवस्थापन अुनगमन र नियमन गर्ने ।
  • जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति र अशाक्तहरुको व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने । 

 

१० समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता शाखा :

  • सामाजिक सुरक्षा भत्ता बैकिङ्ग प्रणालि मार्फत सन्चालन गर्ने ।
  • सामाजिक सुरक्षा तथा गरिब निवारण सम्बन्धी स्थानीय निति कानून मापदण्ड नियमन र अध्ययन अनुस्नधान गर्ने ।
  • लक्षित समूह सम्बन्धी गाउँपालिकाे योजना कार्यक्रम स्राेत परिचालन र व्यवस्थापन गर्ने ।
  • समाजिक सुरक्षा सम्बन्धी तथ्याङ्क र सूचना व्यवस्थापन  सबै वडामा  गर्ने ।
  • गरिव घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण सूचना व्यवस्थापन गर्ने ।
  • मासिक रुपमा वडा बाट व्यक्तिगत घटना दर्ता विवरण लिने ।
  • वार्षिक रुपमा सम्पूर्ण व्यक्तिगत घटना दर्ता विवरण विभागलाई पठाउने ।
  • चौमासिक रुपमा प्रत्यक वडाका कर्मचारीलाई तालिम सन्चालन गर्ने ।

 

११ उद्योग तथा व्यवसाय प्रवद्धन शाखा :

  • बजार तथा हाट बजार व्यवस्थापन गर्ने ।
  • स्थानिय बस्तुहरुको उत्पादन आपूर्ति तथा निकासी प्रक्षेपण मूल्य निर्धारण र अनुगमन गर्ने ।
  • व्यापार र वाणिज्य सम्बन्धी पूर्वधार निर्माण गर्ने ।
  • स्थानिय वस्तु र सेवा व्यापरको मुल्य तथा गुणस्तरको अनुगमन गर्ने ।
  • स्थानिययस्तका व्यापारिक फर्मको दर्ता अनुमति नविकरण खारेजी अनुगमन गर्ने ।

 

१३ पशु सेवा शाखा :

  • कृषि तथा पशुजन्यक्षीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने ।
  • पशुनश्ल ुसुधार पद्धतिको विकास र व्यवस्थापन गर्ने ।
  • स्थानिय चरन तथा खर्क विकास र व्यवस्थापन गर्ने ।
  • पशु आहारको गुणस्तर नियमन गर्ने ।
  • पशुपक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली प्रयोग गर्ने ।
  • पशु बधशाला र शित भण्डारणको व्यवस्थापन गर्ने ।
  • पशुपक्षी  सम्बन्धी बिमा र कर्जा सहजिकरण गर्ने ।
  • पशुपालन तथा पशु स्वास्थय सम्बन्धी अन्य कार्य गर्ने ।

 

१४ कृषि सेवा शाखा :

  • कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण व्यवस्थापन र परिचालन गर्ने ।
  • कृषकहरुकाे क्षमता अभिवृद्धि प्राविधिक सेवा टेवा सीप विकास र सशक्तिकरण गर्ने ।
  • कृषि बिउविजन नश्ल मलखाद र रसायन तथा आैषधिहरुको आपूर्ति उपयोग गर्ने ।
  • कृषक समूह कृषि सहकारी र कृषि सम्बन्धी सङ्घ संस्थाहरुको समन्वय व्यवस्थापन गर्ने ।
  • कृषि सम्बन्धी प्रविधिको संरक्षाण र हस्तान्तरण गर्ने ।
  • कृषि सम्बन्धी सूचना प्रचारप्रसार गर्ने ।
  • गाउँपालिका स्तरका स्राेत केन्द्रहरुको विकास र व्यवस्थापन गर्ने ।
  • प्राङ्गरिक खेति तथा मलको प्रर्वद्धन र प्रचार प्रसार गर्ने ।

 

१५‍ राेजगार सेवा केन्द्र :

  • स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने
  • सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने
  • स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने
  • स्थानीय तहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने 
  • रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने
  • रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने
  • बेरोजगारहरुको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने
  • आफ्नो कामकारवाहीको बारेमा नियमित रुपमा सम्बन्धित गाउँकार्यपालिका तथा नगरकार्यपालिकामा प्रतिवेदन गर्ने
  • ऐन तथा यस नियमावली बमोजिम आफूले गरेका काम कारबाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा मासिक रुपमा प्रतिवेदन पठाउने
  • आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना सम्प्रेषण गर्ने
  • वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने
  • रोजगार सम्बन्धी सरोकारवालालाई आवश्यक अन्य सेवा प्रदान गर्ने ।