योजना सम्झौता ।
आज मिति २०८१।०५।१६ गते गण्डकी गाउँपालिका-०२ स्थित पशुपति प्रजा प्रावि आपटारमा वडा नं २ को सेवा कार्यलय उद्घाटन गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू, प्रमुख प्रशासकिय अधिकृतज्यू तथा वडा नं २ का अध्यक्षज्यू, वडा नं २ का जनप्रतिनिधीज्यूहरुको समुपस्थितिमा सम्पन्न भयो । अब उप्रान्त वडा नं २ को सेवाहरु हरेक महिनाको ५ गते, १५ गते तथा २५ गते यस पशुपति प्रजा प्रा.वि.बाट प्रवाह हुनेछन् । कार्यक्रममा गाउँपालिका अध्यक्षज्यू तथा उपाध्यक्षज्यूहरुले वडा नं २ लाई यस सेवा केन्द्रको प्रयासका लागी वडा नं २ लाई धन्यवाद तथा बधाई ज्ञापन गर्नुहुदै जनतालाई यस कार्यले घरदैलोमा सेवा भन्ने भावनालाई आत्मसाथ गरेको बताउनुभयो ।