योजना सम्झौता ।
"बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी" भन्ने नारा सहित ५९ औँ राष्ट्रिय बाल दिवस २०८० को अवसरमा गण्डकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा युवा तथा खेलकुद शाखा, भुम्लिचोक, गोरखाद्वारा सञ्चालित आधारभुत तह (६-८) का लागि "बालविवाहका मुख्य कारण र न्युनी करणका उपायहरु" तथा माध्यमिक तह (९-१०) का लागि "बालबालिकाहरुको हक हितका लागि स्थानिय तहले गर्नु पर्ने कामहरु" विषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। जस अन्तर्गत आधारभुत तह (६-८) को प्रतियोगितामा श्री रत्नेश्वर मा.वि., गण्डकी-५, दर्बुङ्गका कक्षा ७ का छात्र सुमन कोइराला प्रथम, श्री भैरवाश्रम मा.वि. गण्डकी-३, फुजेलका कक्षा ८ का छात्र निशान श्रेष्ठ द्वितीय, श्री ज्ञानमार्ग मा.वि, गण्डकी-७, घ्याल्चोकका कक्षा ७ की छात्रा आयुषा रेग्मी तृतीय तथा श्री चित्रादेवी आ.वि, गण्डकी-८, सिउरेनीटार, गोरखाकी कक्षा ८ की छात्रा सबी माझी सान्त्वना स्थान हासिल गर्नुभयो । यस्तै माध्यमिक तह (९-१०) को प्रतियोगितामा श्री रत्नेश्वर मा.वि., गण्डकी-५, दर्बुङ्गका कक्षा १० की छात्रा कविता कोइराला प्रथम, श्री ताङ्लिचोक मा.वि. गण्डकी-२, पातिस्वाराका कक्षा १० की छात्रा अनुष्का दाहाल द्वितीय, श्री ज्ञानमार्ग मा.वि, गण्डकी-७, घ्याल्चोकका कक्षा १० की छात्रा करुणा पाण्डे तृतीय तथा श्री भैरवाश्रम मा.वि, गण्डकी-३, फुजेलका कक्षा १० की छात्रा अनुपा श्रेष्ठले सान्त्वना स्थान हासिल गर्नुभयो । प्रतियोगिताका विजेताहरुले क्रमश: नगद रु. ५ हजार, २५ सय, १५ सय र १ हजार प्राप्त गर्नु भयो । शिक्षा अधिकृत सुदिप पन्थको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा क्याप्स गोरखाका सहायक क्याम्पस प्रमुख नवराज पाण्डेको प्रमुख आतिथ्यता तथा गोरखा क्याम्पस गोरखाका सहायक प्राध्यापक ठाकुर प्रसाद खनालको आतिथ्यता रहेको थियो। विजेता सम्पूर्णमा बधाई सहित सक्रिय सहभागिताका लागि सम्पूर्ण विद्यालयका विद्यार्थी भाई वहिनिमा हार्दिक धन्यवाद ज्ञापन गर्दै उज्जवल भविष्यको कामना गर्दछौँ।
तस्विर : सन्तोष विश्वकर्मा