FAQs Complain Problems

ग्यालरी

मिति २०७९/११/०१ गते गण्डकी गाउँपालिकामा गाउँपालिका अध्यक्ष श्री दिपक तिमिल्सिना साकार ज्यु, प्रमुख अतिथी नेपाल सरकारका उपप्रधानमन्त्री एवं भौतिक पुर्बाधार तथा यातायात मन्त्री माननीय नारायण काजी श्रेष्ठज्यु , बिशेष अतिथी पुर्व सांसद माननीय श्री हरिराज अधिकारीज्यु को आतिथ्यमा जनयुद्द दिवस २०७९ को अवसरमा नागरिक सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । कार्यक्रममा गाउपालिका भित्र सहिद हुनुभएका महानुभाबहरु, घाइते एब बेपत्ता नागरिक, कृषक, पशुपालक, जग्गादाता, पुर्ब जन्प्रतिनिधीहरु तथा SEE र कक्षा ८ मा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यालय, विद्यार्थी र शिक्षकहरु लाई सम्मानित गरिएको थियो । कार्यक्रम

मिति: 02/13/2023 - 23:02
, , , , , , , , , , , , , , , , , , ,

मिति २०७९/१०/१८ गते गण्डकी गाउँपालिका पोषण शाखाको आयाेजनामा श्री ज्ञानमार्ग माध्यमिक विद्यालय, गण्डकी-७, घ्याल्चोकमा बाल विवाह न्यूनीकरणका लागि सामुदायिक विद्यालयका विद्यार्थीहरुका विचमा प्रतिभा प्रस्फुटन तथा प्रस्तुतीकरण कार्यक्रम गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना 'साकार' तथा उपाध्यक्ष ललिता अधिकारी ज्यूकाे विशेष उपस्थितीमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले गित, कविता, नृत्य, नाटक तथा प्रवचन प्रस्तुत गरेका थिए।

मिति: 02/01/2023 - 20:57
, , , , , , , , , , ,

आज मिति २०७९/१०/१४ गते गण्डकी गाउँपालिका अध्यक्ष श्री दिपक तिमिल्सिना 'साकार'ज्यु को अध्यक्षता, गण्डकी प्रदेश सभा सभामुख माननीय श्री कृष्ण धिताल 'विजय' ज्यू को प्रमुख आतिथ्यता तथा शिक्षा समन्वय इकाइ गोर्खा का कार्यलय प्रमुख श्री सुबाश चन्द्र आचार्यज्युको विशेष आतिथ्यतामा गण्डकी गाउँपालिका वडा नं ५ , श्री रत्नेश्वर माध्यमिक विद्यालय मा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भब्य उद्घाटन भएको छ । गाउँपालिका भित्रका दश वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको प्रतियोगिता २०७९/१०/१६ सम्म संचालन हुनेछ ।

मिति: 01/28/2023 - 20:47
, , , , , , , , , , , , , , , , , ,

आज मिति २०७९/०९/२८ गते गण्डकी गाउँपालिका उपाध्यक्ष श्री ललिता अधिकारी ज्यू को अध्यक्षता एवं गण्डकी गाउँपालिका अध्यक्ष श्री दिपक तिमिल्सिना (साकार) ज्यू को प्रमुख आतित्यथामा गण्डकी गाउँपालिका भित्र कार्यरत गैर सरकारी संस्थाहरूको चौमासीक प्रगति समीक्षा एवं समन्वयात्मक बैठक सम्पन्न भयो ।

मिति: 01/12/2023 - 22:47
, , , , , , ,

Pages

//