FAQs Complain Problems

ग्यालरी

गण्डकी गाउँपालिकाका विभिन्न वडामा रहेका स्वास्थ्य केन्द्रहरुमा निशुल्क आखा जाँच शिविर मिती २०७९।०९।२६ देखि सञ्चालन भइरहेका छन्। शिविरको अन्त्यमा आवश्यक सेवाग्राहीहरुलाई मकैसिंह स्वास्थ्य केन्द्रमा मोतीबिन्दुको शल्यक्रिया समेत हुने भएकाले पालिकावासीहरुलाई आफ्नो नजिकको स्वास्थ्य केन्द्रमा तोकिएको मितिमा गई मौकाको सदुपयाेग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ ।

मिति: 01/12/2023 - 22:39
, , , ,

गाउँपालिका अध्यक्ष श्री दिपक तिमिल्सिना ज्यु को अध्यक्षता मा सम्पन्न भएको गाउँ सभाको हिउँदे अधिबेशनमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य माननीय श्री कृष्ण धिताल र सुशिला सिम्खडाज्युको विशेष उपस्थिती  रहेको थियो ।

मिति: 01/04/2023 - 20:35
, , , , , , , ,

मिती २०७९।०९।०७ देखि २०७९।०९।०९ सम्म गण्डकी गाउँपालिका अन्तर्गतका वडाहरुका वडा अध्यक्षज्यूहरु तथा वडा सचिवज्यूहरुका लागी गाउँपालिका अध्यक्षज्यू तथा उपाध्यक्षज्यूको विशेष आतिथ्यतामा तिनदिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरियो । तालिममा गाउँपालिकाका विषयगत शाखा प्रमुखहरु, सामाजिक सुरक्षा भत्ता सम्बन्धमा शहिद लखन गा‍पा का MIS Operator ज्यू लगायत गोरखा जिल्लाका सहायक जिल्ला प्रमुख अधिकारी श्री चित्राङ्गत बरालज्यू तथा कोष नियन्त्रक श्री महेन्द्र भण्डारीज्यूको समेत सम्बन्धीत विषयका बारेमा कक्षा सञ्चालन भयो ।

मिति: 12/28/2022 - 19:24
, , , , , , , , , , , , , , , , , ,

Pages