बाढिले छेतिग्रस्त गण्डकी गा.पा. -०६ हिक्लुङ स्थित झोलुङ्गे पुल मर्मत भइ पुर्णरुपमा संचालन भैसकेको जानकारी सम्पुर्णमा गराउन चाहन्छौ । मर्मत कार्यका लागि पुन: स्थानिय पुर्वाधार बिभाग लाई हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौ । धवादी स्थित पुल को मर्मत कार्य सुरु हुने तथा बिभाग बाटै उच्च स्तरिय प्राबिधिक टोलिको अनुगमन हुने पनि जानकारी गराउन चाहन्छौ ।
गण्डकी गाउँपागण्डकी गाउँपालिका वडा नं ८ को नवनिर्मित भवन निर्माणको अन्तिम चरणमा रहेको छ । वडा कार्यालय पूर्ण भई सञ्चालनमा आएपश्चात वडाबाट पूर्ण रुपमा व्यवस्थित कार्यसञ्चालन हुने सम्पूर्णमा जानकारी गराउँदछौ लिका वडा नं ८ को नवनिर्मित भवन निर्माणको अन्तिम चरणमा रहेको छ । वडा कार्यालय पूर्ण भई सञ्चालनमा आएपश्चात वडाबाट पूर्ण रुपमा व्यवस्थित कार्यसञ्चालन हुने सम्पूर्णमा जानकारी गराउँदछौ !!
मिति २०८०/०४ /२५ गते यस गण्डकी गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गत मातृ तथा बाल मृत्युदर घटाउनका लागि आ.व २०७८/७९ का लागि प्राप्त भएको बजेटको समिक्षा सहित आ.व २०८० /०८१ को लागि प्राप्त बजेटको कार्ययोजना सम्बन्धि 1 दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो !
गण्डकी गाउँपालिका मुख्य सेवा केन्द्र तोमनडाँडा, वडा न ६ भूम्लिचोक, भैरविटार तथा अन्य वडाहरुमा जाने लाईफलाईनको रुपमा रहेको फिस्लिङ पुल। गाउँपालिकाले अहिले यस पुलमा स्वागत बोर्ड, स्थानहरुको दुरी देखाउने बोर्ड, यसै पुल नजिकै सूचना पाटी तथा चौबिसै घण्टा सिसिटिभी क्यामेरा द्धारा निगरानी राखिरहेको व्यहोरा समेत सबैमा जानकारी गराउन चाहन्छौ ।