FAQs Complain Problems

ग्यालरी

२०७६ चैत देखि यस कार्यालयमा सहायक महिला विकास निरिक्षक तथा वडा नं ३ को कार्यालयको वडा सचिवको रुपमा कार्यरत श्री जमुना शर्मा लम्साल आज मिति २०८१ भदौ ११ गते शुक्ला गण्डकी नगरपालिका, तनहुँमा घरपायक सरुवा हुनुभएको अवसरमा फेरि भैटौला कार्यक्रम सम्पन्‍न भएको छ। आजको दिनसम्म यस पालिकालाई पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै कार्यसफलताको कामना गर्दछौ।

मिति: 08/27/2024 - 20:39
, , , , , , , , , , , ,

हार्दिक श्रद्धाञ्जली

गण्डकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुख टेक विक्रम कुँवर क्षेत्रीकी ममतामयी माता भिमी कुँवरको मिति २०८१/०५/०४ गतेका दिन भएको असामयिक निधनले हामी अत्यन्त दुःखीत एवम् मर्माहत भएका छौ । दुःखको यस घडीमा दिवगंत आत्माको चीरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

गण्डकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय परिवार।

मिति: 08/23/2024 - 20:06

आज मिति २०८१/०५/०२ गते आ.व. २०८०/०८१ को बार्षिक समीक्षा कार्यक्रम गा.पा. अध्यक्ष श्री दिपक तिमिल्सिना 'साकार' ज्यू, उपाध्यक्ष श्री ललिता अधिकारी ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री रिजेश उपरकोटी ज्यू, विभिन्न वडा का वडा अध्यक्ष ज्यू, वडा सचिव ज्यू, स्वास्थ्य संस्थाका प्रमुख ज्यू तथा विषयगत शाखाका शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको छ। उक्त अवसरमा आ.व.

मिति: 08/19/2024 - 10:36
, , , , ,

बुट्टार मकैुसंह सडक खण्ड स्तरोन्नती सर्भै

यस आर्थिक वर्ष २०८१।८२ मा विकास निर्माण कार्यको तिव्रताको लागी गाउँपालिका तथा संघ सरकार एवं प्रदेश सरकारको सहकार्यमा निर्माण हुने समपुरक आयोजनाहरुको सर्भे लगायतको कार्य सुरुवात भएको छ । श्रावण महिना भित्र सर्भे सकि भाद्र महिना भित्र बोलपत्र आह्यवान चरणमा जाने गरी सम्पूर्ण योजनाहरको सर्भे हुने भएकाले सरोकारवाला सम्पूर्ण महानुभावहरमा समपुरक योजनाहरु सँग सम्बन्धित सल्लाह सुझाव भए वडा कार्यालय तथा प्राविधिक शाखामा जानकारी प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ । यस आर्थिक वर्षमा कार्यान्वयन हुने समपुरक योजनाहरु निम्नानुसार रहेका छन ।

मिति: 08/05/2024 - 13:32
, , ,

Pages

//